काठमाडौं ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ ।
कोषमा विभिन्न सङ्घ संस्था, व्यक्तिगत र कम्पनीले सहयोग गरेका हुन। कात्तिक ४ गतेसम्म रकम जम्मा गरेको रकम वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि रकम खर्च गर्दै आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको हो।