नेपाल राज्य संवाददता
अर्घाखाँची– सन्धिखर्क नगरपालिका–११ डिभर्नामा रहेको रक गार्डेन धेरैको घुम्ने रोजाइमा पर्छ । ढुंगैढुंगाको शिला यो पहिले देखि नै थियो । कामको शिलशिलामा त्यहाँ पुग्दा श्रेष्ठले ढुंगैढुंगाको पहाड देखे । भारतमा घुम्न गएको बेला पनि उनले यस्तै देखेका थिए । यस्तै संरचनाको त्यहाँ रक गार्डेन थियो ।
सयौं पर्यटक घुम्ने गन्तव्य रहेको सम्झे । त्यसपछि उनी उद्योग वाणिज्य संघका आफ्ना सहकर्मीलाई जानकारी गराए । सन्धिखर्क नगरपालिका प्रमुख र उपप्रमुख सहितका जनप्रतिनिधिलाई जानकारी गराएपछि अध्ययनको लागि सरकारी टोली लिएर पुगेको श्रेष्ठले बताए ।
‘मैले यसलाई रक गार्डेन बनाएर पर्यटकीय गन्तव्य बनाउनुपर्छ भनेर जिल्ला समन्वय समिति, नगरपालिका, उद्योग वाणिज्य संघ, दलका नेता र सरोकारवालालाई भनेको थिएँ,’ उनले भने, ‘नगरपालिकाले रक गार्डेन बनायो, अहिले बजारका धेरै मान्छे घुम्न जान्छन् । अब यसलाई पर्यटकीय गन्तव्य बनाएर विकास गर्नुपर्छ, रिपोर्ट सञ्चालन गर्ने र राज्यले पर्यटकीय संरचना निर्माण गर्नुपर्छ ।’
रक गार्डेन पुगेपछि जताततैको भुभाग देख्न सकिन्छ । ढुंगैढुंगोको शिला अवलोकन, हरियाली सुन्दर दृश्य देख्दा बेग्लै आनन्द आउने उनको अनुभव छ ।