काठमाडौं ।
मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा बसन्त बहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ।
अहिले सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको नयाँ आइजीपीमा कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको हो।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १ तुमकोट घर भएका कुँवर अशल, कुशल र इमान्दार प्रहरी प्रमुखका रुपमा चिनिन्छन । अहिले सामाजिक संजालमा उनका शुभचिन्तकहरुले बधाई तथा शुभकामना दिरहेका छ्न ।