अर्घाखाँची ।
सन्धिखर्क नगरपालिका वडा नं. ७ फुदवाङ्गमा स्थापना हुन लागेको सुपादेउराली कला केन्द्रको उद्घाटन यही असार ३० गते, सोमबारका दिन हुने भएको छ। उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सन्धिखर्क ७ का वडा अध्यक्ष तथा अर्घाखाँचीका जनप्रतिनिधि चुराबहादुर केसीको रहनेछन्।
कला र संस्कृति संरक्षणका साथै विद्यार्थिहरुको प्रतिभा र क्षमताको विकास गर्ने उद्देश्यले सञ्चालन हुन लागेको यो केन्द्रले स्थानीयस्तरमा कला क्षेत्रको विकासमा विशेष योगदान पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रमका सन्दर्भमा केन्द्रका प्रोपाइटर तथा मुख्य कोरियोग्राफर सन्देश रणपालले सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेका छन्। उनले भने, “स्थानीय प्रतिभा पहिचान र प्रोत्साहनका लागि केन्द्रको स्थापना गरिएको हो। सबैको साथ र सहकार्यको अपेक्षा गर्दछु।”
उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, केन्द्रको भविष्य योजना तथा अतिथिहरूको मन्तव्य रहने आयोजकले जानकारी दिएको छ ।