बुटवल। बुटवलको कालिकानगरमा सोमबार बिहान स्कुटर दुर्घटनामा परि ५७ वर्षीय पूर्ण श्रेष्ठको मृत्यु भएको छ। मिर्गौला पीडित श्रेष्ठ डायालिसिसका लागि अस्पताल जाँदै गर्दा लु १९ प २६९७ नम्बरको स्कुटर अटोरिक्सा (ना २ ह ७५३) सँग ठोक्किएर दुर्घटना भएको हो।
श्रेष्ठ पाल्पाको पूर्वखोला–४ स्थायी घर भई बुटवल–१० कालिकानगरस्थित दिदीको घरमा बस्दै आएका थिए।
प्रहरीका अनुसार अटोरिक्सा मैनाबगरमा लुकाइएको अवस्थामा फेला परेको छ।

