हरि कुँवर -काठमाडौं ।
अर्घाखाँचीका रायमाझी परिवारले तीज कोसेली “नक्कले भिनाजु ७ कालो चस्मा खै” गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरेका छन् ।
हरितालिका तीज नजिकै गर्दा पर्वको आफ्नै विशेषता र महत्व रहेको पाईन्छ । महिला तथा दिदिबहिनी व्रत बस्ने गीत गाउने नाच्ने गर्छन्। गाउँ घरमा साउन देखी तीज गीत गाउने नाच्ने चलन चली आएको छ । एकै दिनमै चर्चा बटुल्न सफल “नक्कले भिनाजु ७” गीतमा बिशाल रायमाझीले संगीत शब्द भरेका हुन ।
म्युजिक भिडियोमा चर्चित गायिका हरिमाया रायमाझी शर्मिला रायमाझी र विशाल रायमाझीको सुमधुर आवाज रहेको छ । एलिना रायमाझी,सन्ध्या छेत्री र सुरबीर पण्डित (दारी बा)को पनि दमदार अभिनय देख्न सकिन्छ ।
राजकुमार मगरको निर्देशन बिजय बुढा मगरको कोरियोग्राफी प्रकाश खड्काको छायांकन र राजकुमार मगरको सम्पादन रहेको हो।
लामो समयदेखि निरन्तर कडा मेहनत गरेर आफूलाई लोक दोहोरी क्षेत्रमा स्थापित गराएका रायमाझी परिवार ले यसभन्दा पहिले नक्क्ले भिनाजु एक दुई तीन क्रमश पाँच ले पनि दर्शकहरु को मन जित्न सफल भएको हो । यस्तै थुप्रै गीत संगिनी ,पुर्बै धरान र सिक्री घाटीमाको म्युजिक भिडियोले पनि उत्तिकै चर्चा बटुल्न सफल भएको थियो ।
भिडियो :