काठमाडौं कांग्रेस महामन्त्री गगनकुमार थापाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौ क्षेत्र नम्बर ४ र कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन् । थापा यसअघि काठमाडौंको सोही क्षेत्रबाट निर्वाचित भएका थिए । थापाले बुधबार काठमाडौंबाट उम्मेदवारीका लागि आवेदन दर्ता गराए ।
बुधबार नै कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न गगन थापाका नाममा आवेदन परेको छ। कास्की कांग्रेसका सचिव भानुभक्त ढकालले महामन्त्री थापालाई कास्की १ मा उम्मेदवार सिफारिस गर्न आवेदन दिएका हुन् ।