तनहुँ — पोखराबाट नारायणगढतर्फ जाँदै गरेको इभी माइक्रो आइतबार दिउँसो व्यास–१२ स्थित छिर्कनमा दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्।
बागमती प्रदेश–०६–००१ ज ०४५० नम्बरको माइक्रो दिउँसो साढे २ बजे अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर सडकमै पल्टिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।
१२ जना सवारमध्ये ९ घाइतेलाई तत्काल उद्धार गरी दमौलीस्थित प्रदेश अस्पताल लगिएको छ। उनीहरूमध्ये ७ जनाको अवस्था सामान्य, २ जनाको अवस्था मध्यम रहेको छ। २१ वर्षीय चालक महेश धोबी (मर्चवार–४, रुपन्देही)लाई प्रहरीले नियन्त्रणमा लिएको छ।