पर्वत, असार ११ ।
पर्वतको जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पाल्ने कृषकहरूलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको छ ।
गाउँपालिकाले स्थानीय गाई र हलगोरु पाल्ने ३६५ किसानलाई अनुदान वितरण गरेको हो ।
स्थानीय गाईको संरक्षण र खेती प्रोत्साहनका लागि प्रति गाई २ हजार र प्रति हलगोरु ८ हजार रुपैयाँ वितरण गरिएको हो । गाउँपालिकाले आगामी वर्षका लागि पनि १३ लाख बजेट विनियोजन गरेको छ । भिरालो क्षेत्रको जग्गा बाँझो हुन नदिन किसानलाई अनुदान दिइएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।