काठमाडौ ।
ललितपुरको थापाथली स्थित प्रसूति गृहबाट एक जना शिशु चोरी भएको खबर सार्वजनिक भएको छ ।
काभ्रेको चौरीदेउराली गाउँपालिका ३ माझीफेदा निवासी सविना श्रेष्ठको २६ दिनको बच्चा अस्पतालबाटै चोरी भएको बताइएको छ । श्रेष्ठले शिशु चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा खबर गरेकी थिइन् ।
स्रोतको अनुसार ती महिलाले शिशुलाई लिएर अस्पतालको २ नम्बर गेटबाट निस्की बा २ ज १५७२ नं को ट्याक्सी चढेर फरार भएको बताइन्छ । अहिले प्रहरीले सीसी टीभीको फुटेज हेरेर अनुसन्धान थालेको छ ।
प्रहरीको अनुसार एक जना ट्याक्सी ड्राइभरलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीको अनुसार शिशुको खोजी भइरहेको छ ।
पीडित परिवारले कसैले उक्त महिलासहित शिशु फेला पारेमा नजिकैको प्रहरी कार्यालय वा ९८६०५९८२९३,९८६००२१३१६ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।