अर्घाखाँची — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले सन्धिखर्क नगर समितिको शनिबार नगर भेला गर्ने भएको छ।
पार्टीका अर्घाखाँची सभापति हरि प्रसाद भुसालका अनुसार कार्यक्रम बिहान १० बजे पार्टी कार्यालयबाट सुरु हुने मोटरसाइकल र्यालीसँगै प्रारम्भ हुनेछ।
त्यसपछि बिहान ११ बजे होटल ओल्ड एभरेष्टमा औपचारिक भेला कार्यक्रम आयोजना गरिएको छ। नगर भेला पार्टीको संगठन सुदृढीकरण तथा भावी रणनीतिमाथि केन्द्रित हुने जनाइएको छ।