काठमाडौं ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउन्डभित्र रहेको घरमा दुईजना मृत अवस्थामा फेला परेका छन्।
भारत चण्डिगढका ५४ वर्षीय परमनारायण गिल र धादिङ गल्छी गाउँपालिका–६ की २८ वर्षीया अन्जना तामाङ मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका हुन् । अन्जनाको टाउकोमा चोट रहेको छ। घटना रहस्यमय देखिएकाले प्रहरीले थप अनुसन्धान थालेको छ।