सिद्धर्थ केसी, अर्घाखाँची ।
पाठेघरको मुखको क्यान्सर विरुद्धको एच• पि•भि• खोप अभियान -२०८१ कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिका – ११ डिभर्नाका वडा अध्यक्ष चेतनाराण आचार्यको प्रमुख आथित्यता, सन्धिखर्क नगरपालिकाका नगरका – ११ वडा सदस्य कृष्ण चुदाली,
विजय मा.वि.प्र.अ. युबराज भुसाल
,स्वास्थ्य चाैकि प्रमुख यादब पान्डे,स्वास्थ्य चाैकिका स्वास्थ्यकर्मि लक्ष्मि जि.सि.,सबिता खनाल महिला स्वास्थ्य स्वमसेबिकाहरु , विद्यालयका शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिति मा भ्याक्सिन क्यारियर हस्तान्तरण गरि प्रमुख अतिथी बाट कार्यक्रम को शुभारम्भ कार्यक्रम सम्पन्न भएको हो ।
विश्व स्वास्थ्य संगठनले करिव दुई दशक अघि देखि प्रयोगको लागि अनुमति दिएको एच.पि.भी. खोप हाल १४४ देशहरुको राष्ट्रिय खोप तालिकामा समावेश गरिएको छ ।