नेपाल राज्य संवाददाता
अर्घाखाँची– (नेकपा) एमाले केन्द्रीय सदस्य एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्य मतदातासँग भेटघाट तीव्र पारेका छन् । २०७४ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएर लुम्बिनी प्रदेशको आन्तरिक तथा कानून मन्त्री भएका आचार्य फेरी उम्मेदवार बनेका छन् ।
उनले पर्यटन क्षेत्रकाे विकास, सडक निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी सहित शुरुवात भएका पूर्वाधार विकासका काम केही सम्पन्न भएको र केही काम भैरहेकाले त्यसलाई निरन्तरता दिँदै थप नयाँ काम गरेर अर्घाखाँची प्रदेशसभा (क) लाई विकास र समृद्धिमा नमूना बनाइने बताए । उनले हरेक युवालाई कृषि उद्य्ममा जोडेर स्वरोजगार बनाइने बताए । उनले राेजगारीका अाधार निर्माणका लागि काम गरिने बताए ।