अर्घाखाँची ।
नेकपा एमाले अर्घाखाँचीका युवा नेता प्रेमनारायण गैरेले हालै एक सञ्चारमाध्यमले पार्टी सभापतिको छोराको बारेमा बोलेको विषयमा समाचार हटाउन दबाब, जेल जाने अवस्था आइरहेको खबरले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासप्रति गम्भीर प्रश्न उठाएको बताएका छन् ।
नेता गैरेले समाचार लेख्ने, बोल्ने जेल जान्नुपर्ने अवस्था सिर्जना हुनु लोकतन्त्रको लागि खतरा भएको बताएका हुन् । सञ्चारकर्मीहरूको पक्षलिदै लेखेका छन् “”हैट! पार्टी सभापतिका छोराको बारेमा बोलेको लेखेको समाचार हटाउनु पर्ने ? लेख्ने बोल्ने जेल जान्नुपर्ने ? ”
उनले जब कुनै पार्टीमा परिवारवाद हाबी हुन्छ, तब त्यहाँ नीतिभन्दा नातावाद चल्ने अवस्था आउँछ। यसले राजनीति अपराधीकरणको बाटो समात्छ र त्यसको असर सरकारमासमेत पर्न थाल्छ। परिणामस्वरूप, सरकार निरंकुश बन्दै जान्छ र कुशासनको दुश्चक्रमा फस्ने लोकतन्त्रका सच्चा पहरेदार नागरिक,संचार माध्यम र सन्चारकर्मीहरु प्रति अनुदार हुने टिप्पणी गरेका छन् ।
उनले यस्तो प्रवृत्तिले शासन प्रणालीलाई निरंकुशतातर्फ लैजान सक्ने चिन्ता व्यक्त गरेका हुन् । उनी सामाजिक संजालमा लेख्छन् :
“हैट! पार्टी सभापतिका छोराको बारेमा बोलेको लेखेको समाचार हटाउनु पर्ने ? लेख्ने बोल्ने जेल जान्नुपर्ने ?
जब रपार्टीमा परिवारवाद हाबी हुन थाल्छ त्यहाँ राजनीतिले अपराधीकरणको बाटो लिन्छ, त्यसको प्रभाव सरकारका समेत पर्दछ र सरकार निरंकुश बन्दै कुशासनको दुश्चक्रमा फस्दछ अनि देशका नागरिक आन्दोलनको अगुवा, लोकतन्त्रका सच्चा पहरेदार नागरिक,संचार माध्यम र सन्चारकर्मीहरु प्रति अनुदार हुन थाल्दछ।”