घनश्याम सुवेदी, अर्घाखाँची ।
सन्धिखर्ककाे संगम फूड ल्याण्डमा रेड एप्पल मिडियाकाे प्रस्तुतिमा टिकाराम गाैतमको स्वर र शब्द संगित युवराज खनालको तिजगित सनिवार एक कार्यक्रम बिच समुद्घघाटन गरिएकाे छ ।
कार्यक्रमकाे उद्घघाटन सन्धिखर्क नगर पालिका का प्रमुख कृष्ण प्रसाद श्रेष्ठले गर्नु भएकाे थियाे । उहाँले कला संस्कृतिकाे जगेर्ना काे निम्ति अर्घाखाँचीका कलाकार हरू बाट मन्चन गरिएकाे साे गिती अल्वम ,युटुवले चर्चा बटुल्न सकाेस् भन्दै आयाेजक टिमलाई सफलताकाे निम्ति शुभकामना प्रदान गर्नु भएको थियाे ।
कार्यक्रम मा जननेता टोपबहादुर रायमाझी , नगर उप प्रमुख मिश्रा आचार्य ,प्रदेश सभासद जालपा भुसाल ,महिला नेत्री दिपा आचार्य ,सांस्कृतिक संस्थानका पूर्व जि एम ,जनसांस्कृतिक मन्चका अभिभावक लक्ष्मण रायमाझी ,अग्रज कलाकार खगिश्र्वर के सि ,साहित्यकार कमल पाेख्रेल ,जन सांस्कृतिक मन्च अर्घाखाँची का अध्यक्ष बल बहादुर रायमाझी लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
लाेकेन्द्र शाहकाे निर्देशनमा छायांकन सुमन थापा र घनश्याम सुवेदी ले गर्नुभएको थियो । कलाकार हरू शिव शाह ,तिलका भुसाल ,सपना नेपाली ,बावुराम खनाल ले गीतमा अभिनय गर्नु भएको छ ।
गितमा परदेशी काे पीडा ब्यक्त गरिएकाे छ । उक्त छायांकन कार्यक्रम काे ब्यबस्थापन सन्धिखर्क स्थित क्रियटिभ डान्स स्टुडियो का प्राेपाईटर शिव गरूङ्ग ले गरेका थिय ।
याे गित पुरा भएर युटुवर अन्य बिद्युतीय प्रसारण मा जादा सम्म करिब २ लाख खर्च आउने अनुमान गरिएको छ।
याे गितकाे उत्पादन बुटवल स्थित युनिक मुभिज ले गरेको छ भने प्रसारण युवराज खनालको रेड एप्पल मिडिया द्वारा हुने जानकारि निर्देशक शाहले बताउनुभयो ।