काठमाडौं । झापा ५ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले स्पष्ट अग्रता लिएका छन्। हालसम्मको गणनाअनुसार बालेनले १४७६ मत प्राप्त गरेका छन्।
समाचार बनाउदा सम्म उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले ४२० मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रन्जित तामाङ ले ९० मत पाएका छन्।
हालसम्मको मतपरिणामअनुसार बालेनले ओलीभन्दा एक हजारभन्दा बढी मतान्तर बनाउँदै अग्रता कायम गरेका छन्। मतगणना जारी रहेको निर्वाचन अधिकृतले जनाएको छ।

