काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गरिएको छ। सार्वजनिक नतिजाअनुसार कुल ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष ३.६ देखि ४.० जीपीए ल्याउने विशिष्ट श्रेणीका विद्यार्थीको संख्या ४८ हजार १७७ जना पुगेका छन्।
गत चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा देशभरिबाट करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए। बोर्डका अनुसार यस वर्षको नतिजामा समग्र ग्रेडिङ प्रतिशत अघिल्ला वर्षहरुकै हाराहारीमा रहेको छ।
एसईई नतिजा शिक्षा मन्त्रालयको आधिकारिक वेबसाइट, विभिन्न एसएमएस तथा मोबाइल एपमार्फत पनि हेर्न सकिने व्यवस्था मिलाइएको छ।
बोर्डले विद्यार्थीहरुलाई नतिजाको आधारमा भविष्यको अध्ययन योजना बनाउन आग्रह गरेको छ। यस वर्षको नतिजा प्रकाशनसँगै अब विद्यार्थीहरू कक्षा ११ मा भर्नाको प्रक्रिया अघि बढ्नेछ।
नतिजा सार्वजनिक भए पनि कति नम्बर आयो भनेर हेर्न भने केहीबेर पर्खनुपर्ने भएको छ ।
नतिजा हेर्न सकिने वेबसाइटहरू :
www.see.gov.np
www.neb.gov.np