काठमाडौं ।
रास्वपाको ‘प्रतिशोधविरुद्धको हस्ताक्षर’ अभियानमा सहभागी ट्राफिक प्रहरी सई कमल खड्का काठमाडौं तानिएका छन् ।
नेपालगञ्जमा ड्युटीकै क्रममा हस्ताक्षर गरेका खड्कालाई प्रहरी प्रधान कार्यालयले सोधपुछका लागि काठमाडौं बोलाएको हो। प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार खड्काले आचारसंहिताविपरीत गम्भीर गल्ती गरेकाले छानबिन हुने भएको छ।
सुरक्षाकर्मीलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन निषेध छ।