अर्घाखाँची – सन्धिखर्क नगरपालिका–६, राटटाडीका ५७ वर्षीय इन्द्रबहादुर सार्की अहिलेसम्मको सबैभन्दा कठिन घडीमा छन् । मुटु, मृगौला र कलेजोसम्बन्धी गम्भीर रोगसँग लडिरहेका उनी अहिले नियमित डायलाइसिसमा आश्रित छन् । दुवै मृगौलाले काम नगरेपछि उनको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको परिवारजनले जानकारी दिएका छन् ।
चार वर्षदेखि निरन्तर उपचारमा रहेका इन्द्रबहादुर भारतदेखि नेपालका विभिन्न अस्पताल धाउँदा आफ्नो सम्पूर्ण सम्पत्ति उपचारमै खर्चिसकेका छन् । मुटुमा दुई पटक शल्यक्रिया गराइसकेका उनलाई आँखाले पनि प्रस्ट देख्न कठिन भएको छ । चिकित्सकले निरन्तर औषधि सेवन र परीक्षणका लागि ठूलो रकम आवश्यक पर्ने बताएका छन् ।
सामाजिक सेवामा सक्रिय रहँदै आएका सार्की आफैं रोगले थलिएपछि भने परिवार आर्थिक सङ्कटमा छ । यही कारण अहिले उनी जीवनरक्षाका लागि समाजकै सहारा खोजिरहेका छन् ।
तपाई हाम्रो सानो सहयोगले पनि ठूलो जीवन बचाउन सकिन्छ सबैलाई हातेमालो गर्न युवानेता तथा समाजसेवि प्रेमनारायण गैरेले जानकारी दिएका हुन् ।
सहयोगी मन भएका व्यक्तिले आर्थिक सहयोग गर्न
मेगा बैंक, सन्धिखर्क शाखा
खाता नम्बर- 09305350001366
इसेवा नम्बर -9864449519 मार्फत आर्थिक सहयोग गर्न सक्ने परिवारले आग्रह गरेको छ ।