अर्घाखाँची । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला युवा इन्चार्ज विनोद बस्नेतले आन्दोलनको नाममा अराजक मच्चाउने लाई कडा कारबाही गर्न माग गरेका छन् ।
सामाजीक संजालमा लेख्दै इन्चार्ज बस्नेतले शान्तिपूर्ण आन्दोलन नागरिकको संवैधानिक अधिकार भएको बताएका छन्। उनले नीतिगत माग र स्पष्ट एजेन्डा लिएर शान्तिपूर्ण रूपमा आवाज उठाउने व्यक्ति, संघ–संगठन वा समुदायहरूमाथि प्रहरीले कारबाही गर्न नहुने स्पष्ट धारणा राखे।
बस्नेतका अनुसार “आन्दोलन गर्ने स्वतन्त्रताको संरक्षण नै लोकतन्त्रको आधार हो। न्यायसंगत मागसहित शान्तिपूर्ण आन्दोलन गर्नेहरूमाथि कुनै प्रकारको दमन हुनु हुँदैन।” उनले प्रहरी लाई आफ्नो उच्च मनोबलका साथ काममा लाग्नु होस राष्ट्रिय युवा संघ नेपाल सधै देश , जनताको हितको निम्त सधै अग्र पन्तिमा रहेको र सकारात्मक कामको लागी सधै सहयोग गर्न तयार रहेको बताए । एमाले युवा मैत्री बन्दै युवाहरूको दुख सुखमा साथ रहने समेत बताए ।
लुम्बिनी प्रदेशकै कान्छो पार्टी जिल्ला कमिटी सदस्य रहेका बस्नेतले भने आन्दोलनको नाममा हुने तोडफोड, चोरी, लुटपाट र अरूको बदनाम गर्ने गतिविधिलाई कडा शब्दमा निन्दा गर्दै भने “यस्ता अपराधीहरूलाई छुट दिइयो भने आगामी आन्दोलनहरूमा ठूलो घुसपैठ हुनेछ र आन्दोलनको नैतिकता नै नष्ट हुनेछ।”
उनले वास्तविक आन्दोलनकारीको सुरक्षा र आन्दोलनको प्रतिष्ठा जोगाउन अपराधी र घुसपैठियामाथि निष्पक्ष र कठोर कारबाही गर्नुपर्ने बताएका छन्। “शान्तिपूर्ण, जिम्मेवार र उद्देश्यपूर्ण आन्दोलन नै परिवर्तनको सही बाटो हो। निर्दोष नफसोस, दोषी नउम्कियोस्।” उनले भने ।

