अर्घाखाँची ।
मोटरसाइकल दुर्घटना हुँदा पत्रकार प्रकाश महतको निधनले अर्घाखाँची शोकमा डुबेको छ ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका -५ बाँगी स्थायी घर भएका पत्रकार महत प्रेस चौतारीका जिल्ला सदस्य हुन । नेपाल खेलकुद महासंघ अर्घाखाँची जिल्ला शाखाका सह सचीव समेत थिए।
नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशनमा सहभागी हुनका लागि अर्घाखाँची देखि बिराटनगर पुगेका ३४ बर्षिय प्रकाश महतको आइतवार राती १०: ३० हुदा बिराटनगरको बरगाछी स्थित होटल मनास्लु अगाडि सवार रहेको मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै मृत्यु हुन् पुगेको प्रहरी श्रोतले जनाएको थियो । उनी सहकर्मी बिष्णु परियार संग खाना खाएर कोठा जाँदै थिए ।
महतको निधनको दुःखद घडीमा प्रेस चौतारी अर्घाखाँची , नेकपा एमाले अर्घाखाँची , खेलकुद महासंघ अर्घाखाँचीले शोक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको छ।