काठमाडौं ।
भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु भएको छ।
भोजपुर नगरपालिका-३ गुप्तेश्वर निवासी ३० वर्षीय प्रकाश राईको पत्नीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
गएको बिहीबार बेलुका घरायसी विवादका क्रममा पत्नी सुमित्राको कुटपिटबाट गम्भीर घाइते भएका उनको शुक्रबार मृत्यु भएको हो।
गुप्तेश्वरमा घर भए पनि राईको परिवार टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा बसोबास गर्दै आइरहेको थियो।
पत्नी सुमित्राको कुटाइबाट पति प्रकाश गम्भीर घाइते भएका थिए। शुक्रवार बिहान छिमेकीले थाहा पाएर उपचारका लागि लैजाने क्रममा बाटोमै प्रकाशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।
घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।