रुकुम । रुकुमपूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी परेका छन्। तीमध्ये ३ वर्षीय योजन विकको मृत्यु भएको छ।
साउन २ गते रामकुमारी सुनारले आफ्ना तीन सन्तानसँग जंगलबाट ल्याएको च्याउ खाएपछि स्वास्थ्य समस्या देखिएको थियो। साउन ५ मा अस्पताल लगिएका उनीहरूलाई सुधार नभएपछि साउन ६ मा सल्यान अस्पताल रिफर गरिएको थियो।
उपचारकै क्रममा योजन विकको मंगलबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकरप्रसाद यादवले बताए। गम्भीर अवस्थामा रहेकी आमा रामकुमारी र छोरी भाग्य रेखा विकलाई दाङ रिफर गरिएको छ। अर्की छोरी आयुषा विकको अवस्था मध्यम छ र उनलाई रुकुम पश्चिम सल्ले लगिएको छ।