अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सन्धिखर्क नगरसमितिको भेला सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको छ। भेलाबाट अध्यक्षमा राजु खड्का र सचिवमा सागर मरासिनी निर्वाचित भएका छन्।
निर्वाचित पदाधिकारीमा सभापति राजु खड्का, उपसभापति प्रदीप बन्जाडे, सचिव सागर मरासिनी, कोषाध्यक्ष खुमबहादुर महत रहेका छन् भने सहसचिव पद खाली छ। सदस्यमा कमला खत्री, विमला भट्टराई, बसन्ता घर्ती,शोभा क्षत्री, राज भुसाल, कृष्णबहादुर बस्नेत, बिबश थापा, सरिता भुसाल र कृष्ण खत्री चयन भएका छन्।
सल्लाहकारमा कृष्णहरि भुसाल र बाबुराम थापा भएका हुन् भने र्याट संयोजकको जिम्मेवारी शोभाखर मरासिनीले सम्हाल्ने भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले जानकारी दिएका हुन् ।
नगर भेलालाई राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश सभापती देबराज पाठक लगायतले पनि सम्बोधन गरेका थिए ।