घनश्याम पौडेल, अर्घाखाँची।
स्थानिय सरकार । गाउँगाउँमा बाटा खन्ने । बाटो भत्काउँने । वर्खामा हिलाम्मे । हिउँदमा धुलाम्मे बनाउँने । विनियोजन भएको बजेट पुर्वाधार निर्माण सँगै खानेपानी, सडकमा मात्रै राख्ने गरेको पाईन्छ । सामाजिक क्षेत्र सँगै रोजगारी सिर्जना गर्ने उद्देश्यले विनियोजन कम नै पाईन्छ । सबै बजेठ पुर्वाधारमा नै खर्चिनुपर्छ भन्ने मान्यता आत्मसाथ गर्दै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष नारायण खड्काले विद्यार्थीहरुलाई नगद छात्रवृत्ति वितरण गरेका छन् । आर्थिक वर्ष २०७९÷०८० मा वडाबाट विनियोजन गरेको २ लाख रुपैँयाबाट पाणिनी बहुमुखी क्याम्पसमा अध्ययनरत सन्धिखर्क नगरपालिका वडा नं. १२ का २५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका हुन । प्रतिविद्यार्थी नगद ८,०००। का दरले प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसाल सहित वडा अध्यक्ष खड्का, क्याम्पस प्रमुख वुद्धिराम भुसालले वितरण गरे ।
छात्रवृत्ति वितरण गर्दै अधिकृत भुसालले भने ‘विकासका पुर्वाधार सँगै शिक्षा क्षेत्र पनि महत्वपुर्ण हो, वडाले गरेको कार्यक्रम प्रभावकारी रहेको बताउँदै नगरपालिका स्तरीय वृहत कार्ययोजना बनाई शिक्षामा गुणस्तर वृद्धि गर्नका लागी पहल गर्ने बताए । कार्यपालिका बैठकमा छलफल गरी सामुदायिक विद्यालय÷क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरु, आर्थिक रुपमा विपन्न भएकाहरुका लागी छात्रवृत्तिले टेवा पुग्ने बताए । सन्धिखर्क नगरपालिकाले चालु आर्थिक वर्षमै ६ लाख रुपैँया छात्रवृत्तिमा विनीयोजन गरेको अधिकृत भुसालले बताए ।
सन्धिखर्क–५ का वडा अध्यक्ष ऋषव अधिकारीले वाङ्गलाका १३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको स्मरण गर्दै शिक्षाको क्षेत्रमा परिर्वतन नभएसम्म समाजको विकास हुन नसक्ने बताए ।
सन्धिखर्क नगरपालिका वडा नं. १ का वडा अध्यक्ष माधव क्षेष्ठले पाणिनी बहुमुखी क्याम्पसमा भौतिक पुर्वाधार सँगै शिक्षामा गुणस्तरीयता वृद्धिका लागी वडाबाट आगामी वर्ष विशेष ध्यान दिने बताए ।
कार्यक्रममा समाजसेवी लिलाधर बस्याल, स्वतन्त्र विद्यार्थी युनियनका कोषाध्यक्ष घनश्याम पौडेलले विद्यार्थीलाई वितरण गरेको छात्रवृत्तिले जिल्लाका सबै वडाअध्यक्ष तथा प्रमुख÷उपप्रमुखले अनुसरण गर्नुपर्ने बताए ।
कार्यक्रम पाणिनी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख वुद्धिराम भुसालको अध्यक्षता, प्रध्यापक बाबुराम शर्माको स्वागत र प्रध्यापक लक्ष्मण पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो । पाणिनी बहुमुखी क्याम्पसमा करिब ६०० विद्यार्थी अध्ययनरत छन् ।