काठमाडौं ।
सामाजिक सञ्जालमा जथाभावी बाेल्ने ड्राइभर रेशम पौडेल पक्राउ परेका छन् ।
बागलुङका ३६ वर्षीय रेशमराज (रेशम) पौडेललाई सार्वजनिक शिष्टाचारविरुद्ध सामग्री पोस्ट गरेको आरोपमा प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको छ।
युट्युबलगायत प्लेटफर्ममा आधारहीन र नकारात्मक सामग्री प्रसारण गरेको भन्दै उनलाई साइबर ब्यूरोले नियन्त्रणमा लिएको हो। विद्युतीय कारोबार ऐनअन्तर्गत म्याद थप गरी अनुसन्धान जारी छ।

