काठमाडौं ।
धरान उपमहानगरपालिकामा श्रमदानको भुक्तानी विवाद चर्किएपछि प्रमुख हर्क साम्पाङ र उपप्रमुख आइन्द्र बिक्रम बेघाबीच झडप भएको छ।
‘बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समिति’ले ७ लाख ४१ हजार रुपैयाँ माग गरेपछि उपप्रमुखले भुक्तानी रोकिदिएका थिए। त्यसपछि नगरको सवारीको चाबी खोसिएको र मंगलबार विवाद हात हालाहालसम्म पुगेको प्रहरीले जनाएको छ। नगर परिसर दिनभर तनावग्रस्त बनेको थियो।

