काठमाडौं – संयुक्त अरब इमिरेट्समा चालु आर्थिक वर्ष २०८२/८३ को साउन र भदौ महिनामा ५१ जना नेपालीले ज्यान गुमाएका छन्।
यूएईस्थित नेपाली दूतावासका अनुसार साउनमा ३२ र भदौमा १९ जनाको मृत्यु भएको हो।
अघिल्लो वर्षको सोही अवधिमा ६२ नेपालीको ज्यान गएको थियो। २०८१/८२ मा कुल ३१२ र २०८०/८१ मा २३१ जनाले यूएईमा प्राण गुमाएका थिए।
सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात र मुटु सम्बन्धी रोग प्रमुख कारण भएको दूतावासले जनाएको छ।