काठमाडौं ।
जिन्दगीसँग जुधिरहेका छन् गोपाल बहादुर सार्की । अस्पतालको बेडबाटै उनले आर्थिक सहयोगको मार्मिक अपिल गरेका छन् ।
गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका–२ तोस घर भइ हाल रुपन्देहीको सैनामैना नगरपालिका–१ निवासी बलबहादुर सार्कीका छोरा गोपाल लामो समय भारतको दिल्लीमा पसिना बगाउँदै परिवार पाल्थे । तर, भाग्यले उनीमाथि क्रूर खेल खेल्यो ।
अचानक खुट्टाको पैताला दुख्न थाल्यो, सानो रोग होला भनी उपचार गराउँदा पनि सुधार भएन । परिवारको आर्थिक अवस्था कमजोर भएकाले ठूलो अस्पताल धाउने अवसर पनि कम थियो । तर रोगले विस्तारै जरा गाड्दै लग्यो ।
लुम्बिनी सिटी अस्पतालमा झण्डै एक महिनाको उपचारपछि डाक्टरले काठमाडौं किर्तिपुर अस्पताल जान सल्लाह दिए । अवस्था गम्भीर भइसकेको थियो, खुट्टा काट्नै पर्ने भयो । पीडादायक तर अपरिहार्य त्यो निर्णय परिवारले सहनुपर्यो ।
तर, त्यसपछि दोस्रो खुट्टामा समेत उस्तै समस्या देखियो । फेरि अर्को खुट्टाबाट समेत छुटकारा लिनुपर्यो । अहिले गोपाल काठमाडौंमै अस्पतालको शैयामा जीवनसँग संघर्ष गरिरहेका छन् । उपचार जारी छ, तर खर्च दिनदिनै बढिरहेको छ ।
आर्थिक अवस्था कमजोर भएकाले अहिले गोपालले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोगको अपिल गरेका छन् । सानो सहयोगले पनि उनको जीवन र भविष्य बचाउन सकिन्छ ।
खाता विवरण :
नाम : गोपाल बहादुर सार्की (Gopal Bahadur Sarki)
नेपाल बैंक लिमिटेड
खाता नम्बर : ०६१०१०००३५५६५६०००००१
मोबाइल : ९८०५०८२६१४