काठमाडौं ।
अर्घाखाँची जिल्लाका प्रवासी नेपालीहरुको सक्रिय सहभागितामा भुमिकास्थान नगरपालिकाबाट यूएईमा कार्यरत नेपालीहरूद्वारा गठित भुमिकास्थान सम्पर्क समिति, अर्घाखाँची–यूएई को प्रथम अधिवेशन तथा संस्था स्थापना समारोह भव्य रूपमा सम्पन्न भएको छ।
बैदिक सनातन परम्परा र पूर्वीय दर्शन अनुरूप विधिवत रूपमा पण्डितज्यूहरूद्वारा स्वस्तिवाचन तथा दीप प्रज्वलन गरी अधिवेशनको उद्घाटन गरिएको थियो। कार्यक्रममा यूएईमा कार्यरत अर्घाखाँचीका दर्जनौँ नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले समाजमा देखा पर्ने विविध सामाजिक समस्याहरूको समाधान गर्ने उद्देश्यका साथ आगामी २०२५–२०२७ कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट सामाजिक क्षेत्रमा क्रियाशील दिपक शाह ठकुरीको नेतृत्वमा गठित नयाँ कार्यसमितिलाई उपस्थित सम्पूर्ण प्रवासी नेपालीहरूले शुभकामना तथा बधाई दिएका छन् ।
अर्घाखाँची बासीको हकहित, सहकार्य तथा सामाजिक उत्थानमा केन्द्रित रहेर काम गर्ने प्रतिबद्धतासहित अघि बढ्ने जनाएको छ।