हरि कुँवर, अर्घाखाँची ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) काे लुम्बिनी प्रदेश भेलाबाट अर्घाखाँची जिल्ला संयोजकमा हरिप्रसाद भुसाल चयन भएका छ्न ।
पछिल्लो समय समाज सेवामा लागेका मालारानीका दिनेश सुनार “विकल्प” सह-संयाेजकमा चयन भएका हुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँची ८ हजार ९ सय ५१ मतसहित जिल्लामा तेस्रो भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) स्थापना भएको करीब ६ महीनापछि मंसीर ४ मा भएको निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सात स्थानमा जित निकालेको थियो। समानुपातिकतर्फ ११ लाख ४ हजारभन्दा बढी मत प्राप्त गरेको थियो ।