हरि कुँवर, अर्घाखाँची ।
साथी बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारणसभा उद्घाटन गर्दै सन्धिखर्कका मेयर कृष्ण प्रसाद श्रेष्ठले साथी सहकारीमा ढुक्क भएर कारोबार गर्न आग्रह गरेका छन् ।
सहकारीकै माध्यम बाट नागरिकको आर्थिक उन्नतति विकासमा महत्वपुर्ण योगदान गर्ने हुदा सहकारी अवस्था हेरेर कसरी स्थानिय जनता लाई समृद्ध बनाउन सकिन्छ भन्ने विषय महत्त्वपूर्ण भएकोले सन्धिखर्क भित्र हरेका सहकारी अनुगमन तथा आवश्यक अनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ठुला सहकारीले जनता लाई ठगी गरी फरार भएको अवस्थामा साथी बचत तथा ऋण सहकारी जिल्लाको विस्वासीलो संस्था भएकाले ढुक्कले कारोबार गर्न आग्रह गरेका हुन् । दैनिक उपभोग गर्ने वस्तु सस्तो र गुणस्तरीय भएको हुँदा प्रत्येक दिन साथीले साथ दिएको बताए ।
विभिन्न किसिम का सहकारीले दिने सेवा र समाजमा तिनिहरुले राखेको उदे्श्यले स्पस्ट पार्ने हुनाले साथी सहकारी नागरिकको पक्षमा रहेको प्रष्ट पारे ।