बुटवल ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले संघीय सरकारकै कारण संघीयता कार्यान्वयनमा आउन नसकेको बताएका छन् ।
- उनले संघीय सरकारका लागि प्रदेशबाट निरन्तर दबाब सृजना गरिएको बताए । संघीय सरकारका प्रधानमन्त्रीसहित विभिन्न दलतका नेताहरुलाई यही साउन ३ गते भेटघाट गरी प्रहरी विद्येयक जारी गर्न, कर्मचारी समायोजन गर्न र संघ र प्रदेश बीचमा भएको साझा अधिकार सूचीबाट प्राप्त हुने राजश्वको बांडफांड समानुपातिकरुपमा वितरणका लागि माग गरिएको उनले जानकारी गराए । जनमत सञ्चार केन्द्र नेपालले बुटवलमा आयोजना गरेको साक्षात्कारमा मन्त्री शर्माले संघीय सरकारकै कारण संघीयता कार्यान्वयनमा ढिलो भएको भन्दै संघीय सरकारको आलोचना गरे । संघीय सरकारकै कारण प्रदेश खारेजीको माग उठेको उनको आरोप थियो ।