काठमाडौँ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक रोजगारीमा गएकाहरूका परिवारलाई अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गराउन देशभरका पालिकाहरुलाई पत्राचार गरेको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पहलमा ऐनमा व्यवस्था भए पनि कार्यान्वयनमा नआएको प्रावधानलाई लागू गर्न यो कदम चालिएको हो।
स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार राष्ट्रसेवक तथा वैदेशिक रोजगारी जाने कामदारका परिवारको स्वास्थ्य बीमा अनिवार्य गरिएको छ।
यो व्यवस्थाले स्वास्थ्य बीमा कोषमा झन्डै ४० अर्ब रुपैयाँ थपिने अनुमान गरिएको छ।