अर्घाखाँची । सन्धिखर्क नगरपालिका–१२, डिभर्ना बार्सखर्कमा पारिवारिक विवादले भीषण रूप लिएपछि एक बुवाले ज्यान गुमाएका छन्।
बुधबार दिउँसो ७० वर्षीय जंगबहादुर नेपालीलाई उनका छोरा, ४० वर्षीय झुपे नेपालीले घरमै दाउराले प्रहार गरी हत्या गरेका हुन्।
झगडाका क्रममा रीसले मातिएका झुपेले कुटपिट गर्दै बुवाको टाउकोमा दाउराले प्रहार गरेका थिए। घटनापछि शवलाई मलको थुप्रो भित्र लुकाउने प्रयास गरिएको बताइएको छ। मदिराको लतले ग्रस्त झुपे दुई महिनाअघि पनि अभद्र व्यवहारको आरोपमा प्रहरी नियन्त्रणमा परेका थिए।
घटनापछि फरार रहेका झुपेलाई प्रहरीले भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।