काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १४ दशमलव ७१ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन शुक्रबार भने सात दशमलव ९३ अंकले उकालो लागेर दुई हजार नौं दशमलव ४६ अंकमा पुगेको छ ।
यसैगरी ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७७ अंकले बढेर तीन सय ८५ दशमलव ९१ बिन्दुमा चढेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३१ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् ।
जसबाट २१ हजार छ सय १५ पटकको कारोबारमा ४० लाख ५१ हजार सात सय ७१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार आठ सय ३३ रुपैंयाँ पुगेको छ । यसदिन कारोबार भएका कुल उपमुहहरु मध्ये पाँच वटा उपसमुहहरुको सुचक बढेका छन् भने छ वटा उपसमुहहरुको सुुचक घटेका छन् ।
क्याटेगोरी : breaking, वित्त पूँजी बजार