काठमाडौं ।
बैंकिङ कसुर मुद्दामा नुवाकोटकी अस्मिता तामाङ पक्राउ परेकी छन् । विदुर नगरपालिका–७ की ३४ वर्षीया तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असार २ गते काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरेको हो ।
काठमाडौँ जिल्ला अदालतबाट २०८२ वैशाख ३१ गते पक्राउ अनुमति लिइएको थियो । उनीमाथि १ लाख ५ हजार रुपैयाँ बिगो कायम गरिएको छ ।
प्रहरीका अनुसार उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्जमा पठाइएको छ ।
उक्त मुद्दामै श्याम कुमार कार्की पनि पक्राउ परेका छन् ।