रुकुम पश्चिम । नाबालिग बलात्कार आरोपमा वाइसिएल (युवा संगठन) रुकुम पश्चिम चौरजहारीका इञ्चार्ज रेशम खत्री क्षेत्री पक्राउ परेका छन् । १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा बिहीबार राति चौरजहारीको एक होटलबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी प्रमेश विष्टका अनुसार, किशोरीले दुई महिना अघि जाहेरी दिएकी थिइन् । जाहेरीमा २०७९ चैतमा होटलमा लगेर बलात्कार गरेको र सोही घटनाबाट छोरी जन्मिएको उल्लेख छ ।
फरार रहेका क्षेत्रीलाई प्रहरीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो । उनलाई शुक्रबार अदालतमा पेश गरी म्याद थप्ने तयारी गरिएको छ ।
क्षेत्री वाइसिएल कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर खेलकुद विकास समितिका अध्यक्ष समेत हुन् ।

