गुल्मी ।
गुल्मी जिल्लाको मदाने गाउँपालिका-२ बाँझकटेरी सिराहाका ४० वर्षीय गीता राम भुसाल जेठ २९ गतेदेखि बेपत्ता भएका छन् ।
बोल्नमा असहजता भएका भुसाल घरबाट निस्केपछि सम्पर्कविहीन भएका हुन् । पछिल्लो पटक असार २ गते सोमबार अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका–३, रातामाटा क्षेत्रमा देखिएको भन्ने जानकारी स्थानियबासीले दिएका थिए तर त्यसयता उहाँको अत्तोपत्तो लागेको छैन ।
उहाँका परिवारजनले गम्भीर चिन्ता व्यक्त गर्दै भुसाललाई देख्नुभएमा नजिकैको प्रहरी कार्यालय वा निम्न सम्पर्क नम्बरमा जानकारी गराइदिन सबैमा अपील गरेका छन् ।
सम्पर्क नम्बरहरू:
📞 9867042130
📞 9857086740
📞 9867749761