अर्घाखाँची ।
अर्घाखाँचीमा दोस्रो दिन पर्यटन पर्बद्धनको भन्दा पार्टी प्रर्बद्वनको बढी चर्चा चलेको छ ।
अर्घाखाँची पर्यटन पर्बद्धन कार्यक्रमको नाममा सोमबार पार्टी प्रवेश गरेकोमा पर्यटन प्रर्बद्वन हाे कि पार्टी प्रर्बद्वन कार्यक्रम भन्दै आजपनि विरोध शुरू भएको हो ।
यति बेला एकाएक पर्यटन पर्बद्धनको विषयले चर्चा गुमायो नेकपा (एमाले) का पुर्व केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘उज्वल’ नेकपा (माओवादी केन्द्र) प्रवेश गरेको विषयले चर्चा बटुलेको छ । जिल्लामा को नायक को खलनायक भन्ने विषय गुन्जिएको हो ।
प्रधानमन्त्री जिल्ला ल्याउनुकाे मुख्य उदेश्य पर्यटन प्रबर्द्धन जिल्लाको आर्थिक विकास कार्यक्रमकाे थप प्रचार हाेस भन्ने थियो जो हुन सकेन ।
नेपाल पत्रकार महासंघ अर्घाखाँची को निमन्त्रणामा सन्धिखर्क आएका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता खड्कालाई माओवादी पार्टीमा स्वागत गरेका हुन ।
खड्का नेकपा बन्नुअघि उनी माओवादी केन्द्रमै थिए । २०७७ फागुन २३ पछि टोपबहादुर रायमाझी सगै उनी एमालेमा आए । अहिले जिल्लामा खड्का सगै पाँच सय भन्दा धेरै कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको हल्ला चलेको छ ।
राष्ट्रिय सभाकाे उपनिर्वाचनमा लुम्बिनी प्रदेशबाट नेकपा(एमाले)का उम्मेद्वार बनेका खड्काले ३ हजार ६ सय १२ मत प्राप्तगरि हार व्योहोरेका थिए ।