Author: नेपाल राज्य

काठमाडौं । रास्वपाको ‘प्रतिशोधविरुद्धको हस्ताक्षर’ अभियानमा सहभागी ट्राफिक प्रहरी सई कमल खड्का काठमाडौं तानिएका छन् । नेपालगञ्जमा ड्युटीकै क्रममा हस्ताक्षर गरेका खड्कालाई प्रहरी प्रधान कार्यालयले सोधपुछका लागि काठमाडौं बोलाएको हो। प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार खड्काले आचारसंहिताविपरीत गम्भीर गल्ती गरेकाले छानबिन हुने भएको छ। सुरक्षाकर्मीलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन निषेध छ।

Read More

हुम्ला। हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध भएको छ। खार्पुनाथ, सर्केगाड र चंखेली गाउँपालिकामा रहेका विभिन्न वडाका बस्तीमा टेलिफोन सेवाले काम नगर्दा यहाँका सेवाग्राही मर्कामा परेका छन्। खार्पुनाथ गाउँपालिका– १ को पिउस, बोच्चेगौँडा, सुनखाडासहित वडा नं. ३ को राया, कारङ्गालगायत बस्तीमा यतिवेला टेलिफोन सेवा अवरुद्ध भएको स्थानीय शान्ति शाहीले बताइन्। दुई हप्ताभन्दा बढी समयदेखि यस क्षेत्रमा बिहान, दिउँसो र साँझको समयमा टेलिफोन सेवाले काम गर्न छोडेको शाहीले बताइन्। रातिको समयमा मात्रै टावर आउने गरेको उनको भनाइ छ। रायाको ठाना भन्ने स्थानमा रहेको टावरले काम नगर्दा यहाँका सेवाग्राही सञ्चारबाट वञ्चित हुनुपरेको हो। त्यसैगरी, सर्केगाड गाउँपालिकाको स्याल्तडी, रिप र…

Read More

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा १२ वर्षअघि शुरु गरिएको खेलमैदान निर्माण कार्य पूरा भएको छ । ओरेन्ज युवा क्लबको पहलमा २०७० सालमा शुरु भएको मैदान ३१ मिटर लम्बाइ र १६ मिटर चौडाइको बनेको छ, जहाँ बास्केटबल र भलिबल खेल सञ्चालन हुनेछ । गाउँपालिकाको १० लाख, गण्डकी प्रदेशको ५ लाख, अन्नपूर्ण गाउँपालिकाको ३४ लाख र स्थानीयको श्रमदानमार्फत मैदान निर्माण सम्पन्न भएको हो ।

Read More

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा भिरबाट खसेको ढुंगाले लाग्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ। नरबहादुर बुढाका १८ वर्षीया छोरी शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। गएराति साढे ९ बजे तिर बाख्रा हेरचाहका लागि बनाइएको अस्थायी टहरामा सुतिरहेका बेला भिरमाथिबाट पहिरोसँगै ठूलो ढुंगा खसेर टहरामा बजारिएको थियो। ढुंगाले लागेर चमेलीको घटनास्थलमै मृत्यु भएको र गम्भीर घाइते भएकी शर्मिलाको उपचारका लागि अर्छानि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Read More

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–११, अरौराकोटका पाँच वर्षीय सुफेल अंसारीको पोखरीमा डुबेर मृत्यु भएको छ। कपिलवस्तु अस्पतालका अनुसार सुफेल अंसारी स्थानीय अनिल अंसारीका छोरा हुन्। विद्यालयबाट घर फर्किएपछि साथीहरूसँग खेल्न निस्किएका सुफेल नजिकैको माछा पोखरीमा डुबेका हुन्। परिवारका सदस्यहरूले पोखरीबाट उद्धार गरेर तुरुन्तै कपिलवस्तु अस्पतालतर्फ लगिरहेका बेला बाटोमै सुफेलको ज्यान गएको अस्पतालले जनाएको छ। स्थानीयवासीले बालबालिकाको सुरक्षामा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

Read More

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–२, कमेरेभिरमा ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहीबार साँझ करिब ६:३५ बजे लगातारको वर्षापछि सडक माथिबाट पहिरो खसेको हो। अहिलेसम्म मानवीय क्षतिको जानकारी आएको छैन। तर, पहिरोका कारण दुवैतर्फ सवारी साधन रोकिएका छन्। पहिरो हटाउन डोजर लगायतको तयारी भइरहेको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्ग काठमाडौं जोड्ने मुख्य मार्ग भएकाले सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीयवासी प्रभावित भएका छन्। सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सडक खुलाउने प्रयास जारी छ।

Read More

बुटवल । लुम्बिनी प्रदेशमा सञ्चित कोषमा रकम अभाव भएपछि प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को अन्त्यतिर सबै प्रकारका भुक्तानी रोक्का गरेको छ। पुँजीगत खर्च तीव्र भए पनि आन्तरिक राजस्व लक्ष्य अनुसार नउठ्दा संकट बढेको हो। चालू आर्थिक वर्षमा ४ अर्ब ७१ करोड राजस्व उठाउने लक्ष्य राखिए पनि असार १५ सम्म जम्मा १ अर्ब ८३ करोड मात्र संकलन भएको छ। सरकारले वन क्षेत्र, सवारी चालक अनुमति पत्र र दर्ता शुल्कलाई मुख्य स्रोत मानेको थियो, तर ती क्षेत्रमा लक्ष्य पुरा हुन सकेन। अहिले सरकारले संघीय अनुदान, अत्यावश्यक खर्चबाहेक सबै भुक्तानी रोकेको छ। व्यवसायीहरू भुक्तानी रोकिँदा समस्यामा परेका छन् भने अर्थशास्त्रीहरूले यो अवस्थालाई…

Read More

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले अन्ततः राजनीतिमा प्रवेशको संकेत गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले बहराइन, ओमान, युएई र कतारमा रहेका नेपालीहरूसँग प्रत्यक्ष भेटघाट गर्न लागेका छन्। कुलमानले यस भ्रमणलाई आफ्ना अनुभव साटासाट गर्ने र प्रवासी नेपालीको जीवन, संघर्ष बुझ्ने अवसरको रूपमा प्रस्तुत गरेका छन्। उनले लेखेका छन्, “विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको तपाईंहरूलाई टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु। तपाईंहरूको दुःख र योगदान अमूल्य छ।” राजनीतिज्ञ शैलीमा उनले आफू भावनात्मक रूपमा जोडिन चाहने र सबैको जिम्मेवारी बोध गराउने बताएका छन्। कुलमानले बहराइनमा जुलाई २–४, युएईमा ५–८, ओमानमा ९–१० र कतारमा ११–१३ सम्म…

Read More

काठमाडौं, असार १७ । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनका लागि सरकार पूर्ण तयारी अवस्थामा रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा वायुसेवा सञ्चालक संघ र विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणबीच भएको सम्झौतापछि उनले यस्तो बताएका हुन् । सम्झौता अनुसार काठमाडौं उपत्यकामा विपद् आएमा नि:शुल्क हेलिकप्टर उद्धार हुनेछ । उपत्यका बाहिर भने आवश्यकताअनुसार शुल्क तिरेर उद्धार हुने व्यवस्था छ । मन्त्री लेखकले मनसुन सुरु भएसँगै ठूलो जनधनको क्षति हुन सक्ने भएकाले सरकारी संयन्त्र उच्च सतर्कतामा रहेको बताए । उद्धार तथा खोजकार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने गृहमन्त्री लेखकले बताका हुन् ।

Read More

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ स्थित छेकम्पारको ङुइला नाका खुलेको छ। तिब्बती सुरक्षाकर्मीले आजदेखि तीन महिनाका लागि नाका खुला गरेका हुन्। कोरोना महामारीपछि बन्द भएको नाका गत वर्ष एक महिनाका लागि मात्रै खुलेको थियो। नाका खुल्नासाथ स्थानीयले यार्सागुम्बा, वनलसुनजस्ता जडीबुटी तिब्बती बजारमा बेच्न र आवश्यक सामग्री ल्याउन पाउने भएकाले खुशी व्यक्त गरेको छेकम्पारका निवर्तमान वडाअध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिएका हुन् ।

Read More