अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले क्रिकेट शुभम खनाल लाई सम्मानित गरेको छ ।
मलेशियामा सम्पन्न एसिसी अन्डर १६ इस्ट जोन कपमा १२ विकेट लिँदै चम्किएका शुभम खनाललाई अर्घाखाँची क्रिकेट संघले टुँडिखेलमा भव्य स्वागतसहित सम्मान गरेको हो ।
भुमिकास्थान–१, ढाकाबाङमा जन्मिएका शुभमले जापानविरुद्धको खेलमा मात्र पाँच विकेट लिँदै चर्चा बटुलेका थिए। हाल दाङमा बस्दै आएका उनले यसअघि अर्घाखाँची प्रिमियर लिगमा “ईमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट” को उपाधि पनि जितेका थिए।
सम्मान कार्यक्रममा बोल्दै क्रिकेट संघ अध्यक्ष ऋषिकेश भट्टराईले शुभमको सफलता अर्घाखाँचीको गौरव भएको बताए।
शुभमले भने, “यो सम्मान मेरो लागि हौसला हो। अर्घाखाँची क्रिकेट संघको योगदान अतुलनीय छ।”
कार्यक्रममा शुभमका परिवार, खेलप्रेमी, पत्रकार महासंघ अध्यक्ष गणेश खनालसहितको उपस्थिति थियो।
अर्घाखाँचीबाट यतिबेला राष्ट्रिय टोलीसम्म पुग्ने खेलाडीको संख्या बढ्दो छ। सौरभ खनाल, विक्रम भुसाल, देव खनालजस्ता नामहरूसँग शुभम पनि सम्भावनाको बलियो कडी बनिरहेका छन्।