हरि कुँवर , अर्घाखाँची ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले ठुला पार्टीहरुको भागबन्डाले देश डुबाएको आरोप लगाएका छन् ।
अर्घाखाँचीको सन्धिखर्कमा सनिवार पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ठूला पार्टीहरु लाई आरोप लगाउदै पुष्पलाल, वीपी, मदनको नाम लिएर राजनीति गरे देशनै बेच्न पछि नपरेको बताउदै भागबन्डा गरेर देश डुबाएको आरोप लगाए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फरक तरिकाले विकास र समृद्धिको एजेण्डालाई मात्र बोकेर हिँडेको बताएका हुन। आफ्नो नेतृत्वले देशनै बन्दगी राखेर देशनै नबेच्ने बताए। जिल्लामा तेस्रो रहेको पार्टी ८४ मा पहिलो बनाउन सक्षम नेतृत्व अर्घाखाँचीले पनि जन्माएको जिकिर गरे ।
सहकारीको विषयमा उनले छानबिन गरेर प्रमाणी गर्न आग्रह गरे आरोप लगाउदैमा दोषी नहुने बताए । दोषी देखिए कारबाही भोग्न तयार रहेको समेत बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले जनसभामा १५ हजार को हाराहारीमा सहभागी रहेको बताएको छ ।