काठमाडौं ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ स्थित छेकम्पारको ङुइला नाका खुलेको छ। तिब्बती सुरक्षाकर्मीले आजदेखि तीन महिनाका लागि नाका खुला गरेका हुन्। कोरोना महामारीपछि बन्द भएको नाका गत वर्ष एक महिनाका लागि मात्रै खुलेको थियो।
नाका खुल्नासाथ स्थानीयले यार्सागुम्बा, वनलसुनजस्ता जडीबुटी तिब्बती बजारमा बेच्न र आवश्यक सामग्री ल्याउन पाउने भएकाले खुशी व्यक्त गरेको छेकम्पारका निवर्तमान वडाअध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिएका हुन् ।