म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा १२ वर्षअघि शुरु गरिएको खेलमैदान निर्माण कार्य पूरा भएको छ ।
ओरेन्ज युवा क्लबको पहलमा २०७० सालमा शुरु भएको मैदान ३१ मिटर लम्बाइ र १६ मिटर चौडाइको बनेको छ, जहाँ बास्केटबल र भलिबल खेल सञ्चालन हुनेछ ।
गाउँपालिकाको १० लाख, गण्डकी प्रदेशको ५ लाख, अन्नपूर्ण गाउँपालिकाको ३४ लाख र स्थानीयको श्रमदानमार्फत मैदान निर्माण सम्पन्न भएको हो ।