काठमाडौं बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा मृत फेला परेकी एक कर्मचारीको शव उठाउने सहमति भएको छ। काभ्रे, तेमाल गाउँपालिका घर भएकी २१ वर्षीया रमा रायमाझी शनिबार राति पौने ८ बजे स्कुलको गर्ल्स होस्टलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।