काठमाडौं ।
ईटा भट्टामा घामपानी छेकेर ज्याला मजदुरी गर्दै एसईई परिक्षा उत्तीर्ण गरेर ४ GPA हासिल गर्न सफल भएकी गोमा श्रेष्ठको सपना पुरा गर्न हेम एण्ड माया फाउण्डेशनले आर्थिक सहयोग गरेको छ ।
फाउण्डेशनका संस्थापक अध्यक्ष तथा बरिष्ठ समाजसेवी हेम थापाले गोमालाई एमबिबिएस अध्ययनमा टेवा पुगोस् भन्ने उद्देश्यले रु. १ लाख (एक लाख रुपैयाँ) सहयोग गरेका हुन् ।
ईटा भट्टाको भारी श्रमपश्चात पनि आफ्नो पढाइको सपना नमारेर गोमाले ४ GPA ल्याएको खबरले थापालाई छोएको बताइएको छ । थापाले आर्थिक अभावका कारण शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा संघर्ष गरिरहेका असहाय, अशक्त र विपन्न परिवारलाई निरन्तर सहयोग गर्दै आएका छन् ।
“गोमाको हिम्मत, मेहनत र सपनाले सबैलाई प्रेरणा मिलोस ,” थापाले बताएका छन्। “म आफू सक्दो सहयोग गरेको छु । कडा मेहनत र प्रतिभालाई अघि बढाउन सक्यौं भने देश बदल्न धेरै समय लाग्दैन ।” उनले भने
हेम एण्ड माया फाउण्डेशनले विगतदेखि नै विपन्न तथा पीडित समुदायका लागि विभिन्न सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।