हिम लेकाली ,माघ २० -अर्घाखाँची ।
न्युनतम सेवा मापदण्ड ( MSS ) कार्यान्वाय कार्यक्रम अन्तरगत अस्पताल अनुगमन मुल्यांकन तथा समीक्षा कार्यक्रम मङ्गलबार अर्घाखाँची अस्पताल सन्धिखर्कमा सम्पन्न भएकाे छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय ,स्वास्थ्य सेवा निर्देशनालयकाे आयाेजना र अर्घाखाँची अस्पताल प्रमुख जगन्नाथ तिवारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रम मा प्रदेश बाट आएकाे बिज्ञ टाेलीले माघ १९ र २० गते मुल्यांकन गरि अर्घाखाँची अस्पताल MSS काे सुचकाङ्कमा प्रदेश मै अहिले सम्म ९४ अङ्क प्राप्त गरि तेस्राे स्थान प्राप्त गर्न सफल भएकाे घाेषणा गरेकाे छ ।
कार्यक्रममा स्वास्थ्य प्रमुख तिवारिले अस्पतालले गरेका ०८२/०८३ मा सन्चालित कार्यक्रमहरू र आगामि कार्ययाेजनाकाे बारे प्रकाश पार्नु भएकाे थियाे ।
कार्यक्रममा मुल्यांकन टाेलिका प्रमुख बर्दिया अस्पताल प्रमुख डा.सुवास पाण्डेयले अस्पतालका सबल पक्ष
र सुधार गर्नु पर्ने पक्षहरूकाे बारे प्रकाश पार्नु भएकाे थियाे । उहाँले अस्पताल ब्लड बैंककाे स्थापना ,बाल मैत्री सेवा प्रदान ,सुबिधा सम्पन्न भवनकाे निर्माण र दर बन्दी अनुसार काे बिशेषज्ञ सेवा हुनु पर्ने बताउनु भयाे ।
उहाँले कम जनशक्ति र अरू धेरै जटिलताहरू बिच पनि अस्पताललाई पहाडि क्षेत्रकाे उत्कृष्ट अस्पताल बनाउन गर्नु भएकाे सामुहिक प्रयत्न लाई अस्पताल परिवार र सहयाेगि संस्था लाई हृदय देखि धन्यबाद दिनु भयाे ।
कार्यक्रममा शुभकामना मन्तव्य ब्यक्त गर्दै जिल्ला समन्वय समिति प्रमुख जिवनारायण काेइरालाले अस्पताल बिकासकाे निम्ति सम्बन्धित निकायमा आवाज उठाउँदै आएकाे बताउनु भयाे ।
उहाँले सुबिधा सम्पन्न भवन तथा बिशेषज्ञ सेवाकाे निम्ति मुख्य मन्त्री संग पटक पटक छलफल भएकाे बताउनु भयाे । उहाँले स्वास्थ्य कर्मिहरूलाई मुस्कान सहितकाे सेवा प्रदान गर्न अनुराेध गर्दै ,अहिले अस्पतालमा चाहिने नर्सिङ स्टाफ संख्या ४२ जना भएपनि जम्मा १६ जना ले दुखले सेवा प्रदान गर्नु भएकाेमा नर्सिङ स्टाफलाई बिशेष धन्यबाद दिनु भयाे ।
अस्पताल ब्यबस्थापन अधिकृत शिव बन्जाडेकाे सन्चालनमा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई ,सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमाेद खनाल , अर्घाखाँची अस्पताल एम .डि. डा.खगेन्द्र आचार्य , सन्धिखर्क नगरपालिका स्वास्थ्य प्रमुख पूर्ण पराजुली , पत्रकार महासंघका अध्यक्ष गणेश खनालले आफ्ना बिचारहरू राख्नु भएकाे थियाे ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं. १ का अध्यक्ष माधव श्रेष्ठ , स्वास्थ्य निर्देशनालय का डा.अच्युत शर्मा , अर्घाखाँची आयुर्वेद निमित्त कार्यालय प्रमुख कमल प्रसाद आचार्य , स्वास्थ्य निर्देशनालय MSS अधिकृत सन्देश पाैडेल , नेपाल नियमित रक्तदाता संघका अध्यक्ष अशाेक चाैहान , अस्पताल ब्यबस्थापन सुदृढीकरण समिति का सदस्य अनिता भुसाल , लगायत बाक्लो स्वास्थ्य कर्मिहरूकाे सहभागिता रहेकाे थियाे ।
यसै कार्यक्रम बिच आजै अस्पतालमा सुबिधा सम्पन्न भवन बाट ल्याब सन्चालनमा ल्याइएकाे छ । साे कार्यकाे सुभारम्भ जिल्ला समन्वय समिति प्रमुख जिवनारायण काेइरालाले रिबन काटेर गर्नु भएकाे छ ।
बिगतमा सागुराे ठाउँबाट कष्टकर सेवा प्रदान गरिदै आएकाे ल्याब सेवा अब देखि साे भवनमा अत्याधुनिक परिक्षण मेसिन जडान गरि सेवा प्रदान गरिने प्रयाेगशाला प्रमुख राजकुमार बन्जाडेले बताउँनु भयाे ।
तस्बिर :


