नेपाल राज्य संवददाता
अर्घाखाँची– नेपाली कम्युनिष्ट पाटीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामबहादुर चौहानले अर्घाखाँची अस्पताललाई भौतिक पूर्वाधारमा सुविधा सम्पन्न सहित ५० शैयाको अस्पताल बनाउने योजना रहेको बताएका छन् ।
उनले ५० वेडको अस्पतालमा विशेषज्ञ सहितका डाक्टरबाट विरामीको उपचार हुने बताए ।
लामो समयदेखि अस्पताल निर्माण हुने विषय अलपत्र भएकाले विरामीलाई बुटवल, काठमाडौ होइन, अर्घाखाँची अस्पतालमै उपचार गराउने व्यवस्थाको लागि आफुले चुनाव जितेपछि छिटै बजेट पारेर भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न गरी अस्पताललाई आवश्यक सामाग्री सहित ५० वेडको सञ्चालन गर्ने चौहानले बताए ।
आफु अस्पताल विकास समितिको अध्यक्ष भएर धेरै सुधारका काम गरेको पनि चौहानले बताए । चुनाव जितेपछि पहिलो प्राथमिकता अस्पताल बनाउने उनको लक्ष्य रहेको छ ।

